नियम १७
नेपाल सरकारले बक्यौता महसुल माफी दिन सक्ने
(१) कुनै कारणबाट बक्यौता महसुल उठाउन व्यवहारिक छैन भन्ने लागेमा विभागले धारा काट्ने तर्फ तुरुन्त कारबाही चलाई बक्यौता महसुल माफी गर्नको लागि नेपाल सरकारमा सिफारिस गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सिफारिस अनुसार बक्यौता महसुल माफी गर्न मनासिव देखिएमा नेपाल सरकारले बक्यौता महसुल माफी गर्न सक्नेछ ।